ह्युमानिटी फाउण्डेसन नेपाल र टीकापुर सरोकार समूहको अगुवाईमा टीकापुर क्षेत्रका लागि शव बाहन खरीदका लागि थालिएको आर्थिक संकलन अभियानमा हमार फाउण्डेसनका सचिव ठाकुर प्रसाद करिया प्रधानले पाँच हजार रुपैया सहयोग गरेका छन् ।
हमार फाउण्डेसनका सचिव तथा सेसीको सहयोगमा ग्राम विकास विकास तथा अनुसन्धान केन्द्रद्धारा सञ्चालित सुशासन परियोजनाका जिल्ला कार्यक्रम संयोजक चौधरीले टीकापुरका लागि शव बाहन खरीदका लागि जारी अभियानबाट प्रभावित भएर पाँच हजार रुपैया सहयोग गरेका हुन् ।
टीकापुर क्षेत्रमा शव बाहन नहुदा शवको व्यवस्थापनमा भईरहेको असुबिधालाई मध्यनजर गर्दै ह्युमानिटी फाउण्डेसन नेपाल र टीकापुर सरोकार समूहद्धारा शव बाहन खरीदका लागि थालिएको अभियानमा स्वतःस्र्फूत ढंगले देश विदेशबाट सहयोग भएको छ ।
टीकापुर सरोकार समूहसंगको सहकार्यमा ह्युमानिटी फाउण्डेसन नेपालले दुई लाख रुपैया जम्मा गरेर शव बाहन खरीदका लागि थालिएको अभियानमा हालसम्म २४ लाख रुपैया जम्मा भईसकेको छ ।
टीकापुर सरोकार समूह र ह्युमानिटी फाउण्डेसनका संस्थापक सदस्य हिक्मत थापाले शव बाहन खरीदका लागि आर्थिक सहयोग गरेकोमा हमार फाउण्डेसनका सचिव चौधरी प्रति आभार व्यक्त गरे ।
थापाले शव बाहन खरीदका लागि जारी आर्थिक संकलन अभियान देश विदेशबाट सबै पेशा, व्यवसाय र क्षेत्रका व्यक्तिहरुबाट प्राप्त सहयोगले डेढ सातामा सफल भएको बताए ।
उनले शव बाहन खरीदका लागि आवश्यक रकमको लक्ष्य नजिक पुगेको बताए ।