अछामको कमलबजार प्रयोगशालामा थप ४५ जनामा कोरोना पुष्टि
2020/12/09, 2:23
 
Corona

अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा गरीएको परिक्षणमा बुधबार थप ४५ जनामा कोरोना पुष्टि भएको छ ।

प्रयोगशालामा १ सय ३१ जनाको पिसिआर परिक्षण गर्दा  ३९ पुरुष, ६ जना महिला गरी ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 
कोरोना संक्रमण पुष्टी हुनेमा सबैभन्दा बढी बान्नीगढी जयगढ गाँउपालिकाका रहेका छन् । बान्नीगढीका  २७ जना, कमलबजार नगरपालिकाका १ जना, चौरपाटी गाँउपालिकाका २ जना, मंगलसेन नगरपालिकाका ९ जनामा कोरोना पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिए ।  

यस्तै मेल्लेख गाँउपालिकाका १ जना पुरुष र साँफेबगर नगरपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको सुचना अधिकारी बिष्टले बताए ।

यस्तै बाजुराको स्वामीकार्तिक गाँउपालिकाका १ जना पुरुष र बुढीगंगा नगरपालिकाका २ जना पुरुषमा समेत कोरोना पुष्टि भएको  छ ।