सी सौका समुदायको अन्तिम कुञ्चा भारत भएर खलंगा पुग्यो
2020/12/09, 8:37
 
kunja

दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर १ मा बसोबास गर्ने ब्याँसी सौका समुदाय भारतको बाटो भएर जिल्ला सदरमुकाम खलंगा पुगेका छन्। वडा नम्बर १ छाङरुका  १ सय १३ परिवार भारतको बाटो भएर खलंगा पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। छाङरुमा बसोबास गर्ने १ सय १५ परिवारमध्ये १ सय १३ परिवार खलंगा पुगको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एव सूचना अधिकारी पुष्कर ऐरीले जानकारी दिनु भएको छ। दुई परिवार छाङरुमै बस्ने बताइएको छ। 

नेपाल–भारत जोड्ने सितापुल नाकाबाट ब्याँसी सौका समुदाय भारतको बाटो भएर ५ दिनपछि खलंगा पुगेका हुन। प्रहरीका अनुसार १ सय १३ परिवारका ३१ जना महिला, ६० जना पुरुष र १ सय ९७ ओटा पशुचौपाया लिएर व्यासीहरु दार्चुला सदरमुकाम पुगेको छ। तिंकरका स्थानीय यसअघि बसाई सरेका छन् भने बसाई सर्न बाँकी छाङरुका स्थानीयको कुञ्चा अन्तिम कुञ्चा हा बस्तुभाउ तथा अन्य सामग्रीहरुसहित बसाई सर्ने भएकाले पाँच दिन लाग्ने गरेको वडा नम्बर १ का वडाध्यक्ष अशोक सिंह बोहराले बताए। 

गत शुक्रबार छाङरुबाट सितापुल नाका हुदै भारतको बाटो भएर खलंगा आउन लागेको ब्याँसी सौका समुदाय आज भारतको धारचुला हुदै दार्चुला पुगेका हुन। दुवै देशका स्थानीय प्रशासनको पूर्व सहमति अनुसार मंसिर २४ गते अर्थात अहिले  बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म खलंगा नाका खोलिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

तिंकरका ब्याँसी सौका समुदायका लागि यसअघि मंसिर ८ गते नौ घण्टा सीमा नाका खोलिएको थियो। हिउँद सुरु भएसंगै चिसो बढेकाले ब्याँसी सौका समुदाय खलंगा बसाई सर्न लागेका हुन्।  ब्याँसका स्थानीय विगतमा पनि गर्मीयाममा खलंगाबाट ब्याँस र हिउँदमा ब्याँसबाट खलंगा बसाई सर्दै आएका छन्। ब्याँसी सौका समुदायसंगै बिगतमा सुरक्षाकर्मीहरु पनि दुम्लिङ अस्थायी प्रहरी पोष्टमा झर्ने गरेका थिए तर यो वर्ष भने सितापुलमा नेपाल प्रहरी र छाङरुमा सशस्त्र प्रहरीको ५० नम्बर गुल्म तैनाथ रहेको छ।