सुदूरपश्चिम प्रदेशका थप १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ वटा प्रयोगशालामा गरीएको परीक्षणमा १ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहीबार १८६ जनाको परीक्षण गर्दा थप ५७ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका थप १९ जनामा संक्रमण देखिएको जानकारी दिए।
कैलालीकै गोदावरी नगरपालिका ६ जना, कैलारी गाउँपालिकाका ११ जना, भजनीका ५ जना, जोशीपुर र कैलालीको स्थानीय तह नखुलेका २/२ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै कञ्चनपुरको शुक्लाफाँटाका ४ जना,कृष्णपुर नगरपालिकाका ३ जना जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । उता बैतडीको पाटनका २ जना, अछाम, डडेल्धुरा र बझाङका एक एक जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अछामको कमल बजार प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११४ जनाको परीक्षण गर्दा थप ४८ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टी हुनेमा ३९ पुरुष र ९ महिला रहेको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिए ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ३१ जना र जिल्ला अस्पताल बझाङको प्रयोगशालामा थप ९ जनामा संक्रमण पुष्टी भएको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १२ हजार १ सय ४४ पुगेको छ । संक्रमण पुष्टि भएका ९ हजार ९ सय ४१ डिस्चार्ज भएका छन