सेतीमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमित पुरुषको मृत्यु
2020/12/11, 8:32
 
death

सेती प्रादेशिक अस्पतालमा  उपचाररत थप १ जना कोरोना  संक्रमितको मृत्यु भएको छ।  कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का ७३ वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।  

मंसिर २४ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको बिहीबार राती मृत्यु भएको हो।