प्रमुख विपक्षी नेपाली कांग्रेसले मंसिर २९ गते देशभर गर्ने प्रदर्शन गर्ने क्रममा कैलालीको धनगढीमा हुने बिरोध सभामा काँग्रेस नेता गगन थापाले सम्बोधन गर्ने भएका छन् । नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पुर्व स्वास्थ्य मन्त्री समेत रहेका नेता थापा धनगढीको बिरोध सभा सम्बोधन गर्नका लागि २८ गते नै धनगढी आउने कार्यक्रम रहेको नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले जानकारी दिए ।
वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि १७ मंसिरमा तनहुँमा भएको धरपडक, कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता र स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टचारको विरोधमा २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने कांग्रेसको तयारी छ ।कांग्रेस वर्तमान र पूर्वपदाधिकारीहरुको बिहीबार बसेको बैठकमा प्रदर्शनको तयारीबारे छलफल भएको थियो ।
बैठकले पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई २९ गतेको प्रदर्शनमा सहभागि हुन क्षेत्रिय, नगर र गाउँकार्य समिति तथा सबै भातृ संठनका कार्यकर्ता र शुभचिन्तकलाई ससहभागी हुन नेपाली काँग्रेस कैलालीले अपील गरेको नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले बताए ।
सरकारले अधिनायकवादी आकांक्षा प्रस्तुत गरेको र त्यही क्रममा पौडेलमाथि धरपडक भएको भन्दै कांग्रेसले २९ मंसिरको प्रदर्शनमा यसलाई पनि मुद्दा बनाएको छ