
कैलालीको भजनी नगरपालिका–३ मा स्वास्थ्य चौकी भवन निर्माणको लागि स्थानीय भारद्वाज दाजुभाईले जग्गादान गरेका छन् । भजनी नगरपालिका वडा नम्बर ३ का सैलेन्द्र भारद्वाज र हेमेन्द्र भारद्वाज दाजुभाईले हुलाकी रोडसँग जोडिएको २ कट्ठा जमिन दान गरेका हुन् ।

भारद्वाज दाजुभाई पूर्वमन्त्री स्वर्गीय सुर्यबहादुर भारद्वाज एवम् सावित्री देवी भारद्वाजका सन्तान हुन् । जग्गादान गरेपछि सो स्वास्थ्य चौकी भवन शिलान्यास समेत गरिएको छ । भजनी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष विक्रम चौधरीका शुक्रबार एक कार्यक्रमबीच प्रदेश सभा सदस्य वीरमान चौधरी, भजनीका मेयर शेरबहादुर चौधरी, उपमेयर छाँया देवकोटा, पूर्व सभासद हरि ज्ञवाली लगायतको उपस्थितिमा शिलान्यास गरिएको हो ।
४२ लाखको लागतमा ६ कोठे भवन निर्माण हुन लागेको वडा कार्यालयले जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/21, 11:22
2022/06/29, 3:27
2023/10/11, 12:46