क्वारेन्टाईनबाट भागेकालाई गाउँ प्रवेशमा रोक, युवकमाथि ढुङ्गामुढा प्रहार
2020/05/29, 3:59

बाजुरामा क्वारेन्टाईबाट भागेका युवकलाई स्थानीयले गाउँ प्रवेशमा रोक लगाएका छन । जिल्लाको खप्तड छेडेदह गाँउपालिका वडा नम्बर २ को मालिका माविको क्वारेन्टाईनबाट भागेका २५ वर्षीय युवकमाथि स्थानीय ढुङ्गामुढा प्रहार गरी गाउँ पस्न नदिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले ती युवकलाई स्थानीयले ढुङ्गामुढा प्रहार गरी गाउँ प्रवेश गर्न नदिएको बताए । उनी बुधवार भारतबाट आएर क्वारेनटाइनमा बसेका थिए । क्वारेन्टाईबाट भागेर गाउँ फर्किएका उनलाई प्रवेश गर्न नदिईएपछि फेरी क्वारेन्टाईनमै फर्काईएको छ ।
गाँउलेको ढुङगामुढा प्रहारबाट उनको टाँउकोमा चोट लागेको छ । जयबोश्वरी स्वास्थ्य चौकीमा उपचारपछि उनलाई क्वारेन्टाईन फर्काईएको हो ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/07/24, 3:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/02/06, 1:37
2020/09/18, 11:03