सुदूरपश्चिममा भूकम्पको धक्का महसुस
2020/12/12, 9:06
 
bhukamp

डोटीमा आज दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।  भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेर ३६ मिनेटमा डोटी र बझाङ जिल्लाको सिमानामा केन्द्र विन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महशुस गराएको बताइएको छ ।