ओली सरकार पूर्ण रुपमा असफल: नेता साउद
2020/12/14, 7:11
 
rajniti

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेकपाको वर्तमान सरकार पूर्ण रुपमा असफल भएकाले छिटो निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्।  सोमबार अछामको साँफेबगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दे पूर्वमन्त्री समेत रहेका साउदले नेकपाको वर्तमान सरकारले राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्न नसक्ने भएकाले यो सरकार छिटो भन्दा छिटो विगठन हुनुपर्ने बताए । 

नेता साउदले नेपाली कांग्रेस नेकपासँग मिलेर सरकार बनाउँछ की भन्ने हल्ला मात्र भएको दाबी गरे । उनले भने, अहिले सरकारले नैतिकता गुमाइसकेको छ,मुलुक गन्जागोलको स्थितिमा छ,त्यसैले मध्यावधिक निर्वाचन मुलुकमा आवश्यक छ ।  भ्रष्टाचार,हिंसा,कुशासनका विरुद्ध अब कांग्रेस शसक्त भएर लाग्ने साउदले बताए । उनले कांग्रेसको धेर्यताको बाँध अब टुटिसकेको र जनताले समेत कांग्रेसको साथ खोजेको बताए ।

अछामको साँफेबगरमा नेपाली कांग्रेस अछामका सभापति भरतकुमार स्वाँरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।