नेताहरु कुर्सीका लागि लडाइँ गर्ने, कार्यकर्ता भ्रष्टाचारमा लिप्त
2020/12/14, 7:14
 
rajniti

नेपाली कांग्रेस डोटीले दिपायलमा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । सरकारको विरोधमा नेपाली कांग्रेसले देशैभरी सोमबार विरोध सभाको गरेको हो।  हजारौंको संख्यामा उपस्थित विरोधसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बीरबहादुर बलायरले केपी ओली सरकारको ज्यादतीका विरुद्धमा जनताहरु एकसाथ सडकमा उत्रिनुपर्ने बताए ।

अहिलेको सरकारले नेपाली कांग्रेसलाई सडकको निम्तो दिएको छ सोही अनुरुप कांग्रेस सडकमा आएको हो, बलायरले भने, आजदेखि यो सरकारको काउण्डाउन सुरु भएको छ ।  उनले भने, यो सरकारले झुटा मुद्दा लगाउँदै हाम्रा नेता कार्यकर्ताहरुलाई थुनामा हालिरहेको छ, यसका विरुद्ध कांग्रेसले विरोध गर्नुपरेको छ। बलायरले भने, नेकपाको आन्तरिक कलह सरकार संचालनमा देखिरहेको छ, यो जस्तो बेइमानी, गैरजिम्मेवार काम हुनै सक्दैन ।

लोकतन्त्र बलियो पार्नका लागि जनताको मत लिएर सरकारमा गएको नेकपा पार्टी आन्तरिक कलहमा उद्घत रहेको बताउँदै नेताहरु कुर्सीका लागि झगडा गरिरहेका र कार्यकर्ता भ्रष्टाचारमा लिप्त भइरहेका बलायरले  आरोप लगाए।