अछामको रामारोशन गाउँपालिका एक हप्ता सिल
2020/12/15, 9:15
 
corona

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन थालेको र जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि हुन थालेपछि अछामका स्थानीय तह एकपछि अर्को सिल गर्न थालिएको छ । पछिल्लो समयमा हालसम्म जिल्लाका १० मध्ये ५ स्थानीय तह सिल गरिएका छन् ।

जिल्ला अस्पताल पनि अनिश्चितकालका लागि सिल गरिएको छ । पछिल्लो समय अछामको रामारोशन गाउँपालिका १ हप्तासम्मका लागि सिल गरीए सँगै सिल गरिने पालिकाको सङ्ख्या पाँच पुगेको हो ।  पालिकाका केही कर्मचारी र अन्य स्थानीय नागरिकमा कोरोना देखिएपछि गाउँपालिका एक हप्ताका लागि सिल गरिएको हो ।

कोरोना सङ्क्रमणको उच्च जोखिम कम गर्नका लागि हाललाई पौष ५ गतेसम्म लागू हुनेगरी एक हप्तासम्म गाउँपालिका भित्रका बजार क्षेत्र, शैक्षिक संस्था र बैङ्क तथा वित्तीय संस्था बन्द हुने रामारोशन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले जानकारी दिए । 

सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले यो अवधिमा गाउँपालिकाबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक सबै कामकाज समेत बन्द गरिने जानकारी गराएको छ ।