सहमतिको प्रयासपछि सुदूरपश्चिममा यातायात सुचारु
2020/12/18, 6:29
 
buspark

धनगढी बसपार्कमा शिवपुरी यातायात प्रालिले काउण्टर राखी यातायात सेवा सञ्चालन गरेपछि पुराना ६ वटा यातायात ठप्प सेवा सुरु गरेका छन् ।  धनगढी उपमहानगरपालिकाले सहमतिको प्रयास थालेपछि यातायात सुचारु गरिएको सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले जानकारी दिए ।

नयाँ यातायात प्रालिलाई काउण्टर राख्न दिने नगरपालिकाको निर्णयको बिरोधम उत्रिएका यस प्रदेशका पुरानो यातायात प्रालि सुदूरपश्चिम यातायात, कर्णाली रिभर, मालिका यातायात, खप्तड मालिका यातायात, कैलाली यातायात र गोदावरी यातायात प्रालिले  सुदूरपश्चिममा यातायात सेवा ठप्प गरेका थिए ।