सुदूरपश्चिम प्रदेशका थप ७२ जनामा कोरोना संक्रमण पुष्टि
2020/12/18, 6:55
 
corona

सुदूरपश्चिम प्रदेशका थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ३ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ७२ जनामा संक्रमण पुष्टि भएको हो ।  सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ४९ स्वाब नमूना परीक्षण गर्दा १३ महिला र ३१ पुरुष गरी ४४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आज धनगढी उपमहानगरपालिकाका १४, कैलाली गाउपालिकाका ४ जना, घोडाघोडी नगरपालिकाका, गोदावरी नगरपालिकाका, गौरीगगाा नगरपालिका, र भजनी  नगरपालिकाका २/२ जना, लम्कीचुहा र बर्दगोरीयाका एक/एक जनामा पनि कोरोना पुष्टि भएको छ ।  यस्तै कञ्चनपुरको कृष्णपुर नगरापालिका, आइबिआरडी र पुर्नवासका एक/एक जना, बेलौरी नगरपालिकाका ५ जनामा संक्रमित पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

उता डडेल्धुराका २, बाजुराका ३ जना, दार्चुला, बैतडी र बर्दियाका एक/एक जनामा पनि सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।  यस्तै उता अछाममा पछिल्लो २४ घण्टामा गरीएको परीक्षणमा १२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कमलबजार प्रयोगशालामा भएको परीक्षणमा बान्नीगढी जयगढ गाउँपालिकाका ९ पुरुष र ३ महिला गरी १२ जनामा संक्रमण पुष्टि भएको  प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले जानकारी दिए ।

यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालमा थप १६ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ५९ पुगेको छ । संक्रमण पुष्टि भएका १० हजार १ सय ४७ जना डिस्चार्ज भएका छन ।