ह्युमानिटी फाउण्डेसनद्धारा आमाको माया छात्रवासलाई १५ वटा सिरक हस्तान्तरण
2020/12/18, 8:00
 
Luga dan

ह्युमानिटी फाउण्डेसन नेपालले आमाको माया छात्रावासका विद्यार्थीहरुलाई १५ वटा सिरक हस्तान्तरण गरेको छ ।

केही दिन बढेको अत्याधिक चिसोका कारण छात्रावासमा बस्ने विद्यार्थीहरुको स्वास्थ्यमा समस्या भएको जानकारी पाएपछि  ह्युमानिटी फाउण्डेसनले आज ३० हजार रुपैयाका १५ वटा सिरक छात्रावासका बिकुल ढकाललाई हस्तान्तरण गरेको हो ।
ह्युमानिटी फाउण्डेसन नेपालका तर्फबाट उपाध्यक्ष पुष्कर ओझा र महासचिव दीर्घराज उपाध्यायले अत्याधिक चिसोका कारण समस्यामा परेका विद्यार्थीहरुको सहजताका लागि छात्रवासका सञ्चालक ढकाललाई सिरक प्रदान गरेको बताए ।१

आमाको माया छात्रवासमा बिभिन्न जिल्लाका आर्थिक अवस्था अत्यन्त कमजोर भएका र अनाथ बालबालिकाहरु बस्दै आएका छन् । मुठी दान र बिभिन्न दाताहरुको सहयोगमा आमाको माया छात्रवासले ती बालबालिकाहरुलाई बिभिन्न विद्यालयमा पढाउदै आएको छ ।

ह्युमानिटी फाउण्डेसनले बिपत्तिमा परेका बर्ग, समुदाय र व्यक्तिलाई सहयोग गर्नुका साथै स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ ।