बुवा चितामा जलिरहेका बेला नाबालक छोराको मन पनि जलिरहयो
2020/12/19, 1:43
 
corona

जन्म र मृत्यु त्यो अपरिहार्य हो कसैले टारेर टरदैन । जन्मने बितिकै एकदिन मृत्यु अनिवार्य छ कसैले रोकेर रोकिने छैन् । तर कसै कसैको मृत्युले परिवार बिच्चलीमा पार्छन्, र समाजनै रुवाएर जान्छन् । बडिमालिका नगरपालिका ९ मार्तडीमा यस्तै घटना भएको छ । 

३७ बर्षिय लाल बहादुर बिक शुक्रवार बिहान घरमै मृत अबस्थामा फेला परे । बेलुका मदिरा सेवन गरे घर आएका लाल बहादुर घरको भुइतलामा सुतेका थिए, बिहान त उनि मृत अबस्थामा फेला परेको स्थानियले वताएका छन् । श्रीमतीले तिन बर्ष पहिला २ छोराछोरी लिएर अर्को बिहे गरेकी लाल बहादुरका ८ बर्षका नाबालक छोरा मात्र छन् ।

साहाराको रुपमा रहेका बुवाको मृत्यु पछि सम्राट बिक बिच्चली परेका छन् । बुवाको मृत्युमा मलामी गएका जेठो छोरा सम्राट जब बुवा चितामा जलिरहेका थिए । सम्राट एकोहोरो बुवा जलिरहेको चितामा टोलाइरहेका थिए, जसरी चित्ता दनदनी जलिरहेको थियो, त्यसरी उनको मन पनि जलिरहेको थियो । मलामीहरुले उनलाइ सम्झाइरहेका थिए, तर ति नाबालक एकोहोरो बुवा जलिरहेको चितामा हेरिहेका थिए ।

अब सम्राटको साहारा कोही छैन्, उनि एक्लो छन् । सम्राट बुवा जलिरहेको चितामा हेरिरहेको तस्बीर पत्रकार प्रेम बिकले सामाजिक सञ्जालमा राखिसकेपछि धेरैको मन रोएको छ । एक नाबालक छोरा, बुवा जलिरहेको हेरिरहँदा कस्तो पिडा भयो होला । त्यसैमा न आमा छन, न कोही, बुवाको साहारा रहेका सम्राट बुवालाइ दागबत्ति दिएर अन्तिम बिदाइ गर्दा मलामी सबै भाबुक बनेका थिए । लाल बहादुरको मृत्युले छोरा अलपत्र परे समाजलाई पुरै रुवाएर गएका छन् ।
सम्राटकि आमा थुमा बिक २ बर्ष पहिला ४ बर्षकी छोरी गायत्रि बिक र ३ बर्षका कृतन बिक सँगै लिएर अर्को बिहे गरेर गएकि थिईन् ।

स्थानियका अनुसार उनि बडिमालिका नगरपालिका कोर्धका एकजना युवा सँग बिहे गरेर अहिले भारतको सिम्लेपहाडमा बस्ने गरेको वताएका छन् । पत्रकार प्रेम बिक सामाजिक सञ्जालमा लेखेको छन्, आमाले हेरिनन्, बुवालाई दैबले लियो, यि बेसाहाराका लागि तपाइ हाम्रो सहयोगको खाचो र सहयोगका लागि अपिल गरेका छन् ।