
महाकाली नदीमा गत मंसिर १४ गते बेपत्ता भएका पुरुषको कंकाल भेटिएको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा १२ औरीघाटका ४५ वर्षिय अजय सुनारको कंकाल भेटिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाका अनुसार उनको शनिबार कंकाल भेटिएको हो । भीमदत्त नगरपालिकाको वडा नम्बर १३ काे महाकाली नदीमा उनको कंकाल भेटिएको प्रहरीले बताएको छ । उनले लगाएको लुगाका आधारमा छोराले शव पहिचान गरेका हुन ।
उनको शव आफन्तको जिम्मा लगाइएको छ । गत मंसिर १४ गते दोधाराबाट घर फर्किएका उनी महाकाली नदीमा बेपत्ता भएका थिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/21, 11:22
2022/06/29, 3:27
2023/10/11, 12:46