बैँकका कर्मचारी मृत भेटिए
2020/12/20, 5:48
 
death

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको एनआईसी एसिया बैँकमा कार्यरत कर्मचारी मृत अवस्थामा फेला परेका छन्।  भीमदत्त नगरपालिका–४ स्थित एनआईसी एसिया बैँकमा कार्यालय सहयोगीको रुपमा कार्यरत २८ वर्षीय धिरज न्यौपाने मृत भेटिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बैँक रहेकै घरको माथिल्लो तलामा रहेको सिद्धार्थ इन्स्योरेन्सको कार्यालयको कोठामा झुण्डिएको अवस्था न्यौपाने मृत भेटिएको बताए।  उनका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका–१४ घर भएका उनी एनआइसी एसिया बैँकको कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका थिए।