
गत वर्ष कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरका भण्डारी दम्पतीको हत्या भएपछि टुहुरी बनेकी बालिकाको मृत्यु भएको छ ब्लड इन्फेक्सनले गर्दा उनको गएराती मृत्युु भएको नगर उपप्रमुख तुल्सीदेवी हमालले बताए ।

२०७६ फागुन १५ गते दिउँसो ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारीको धारिलो हतियारको प्रयोग गरी हत्या भएको अवस्थामा घरभित्रै शव फेला परेको थियो । आमाबाबुको हत्या भएपछि उनी सात महिनाकी टुहुरी भएकी थिइन् ।
आमाबाबुको उनीहरुकै घरमा हत्या हुँदा ती बालिका टाउकोमा गम्भीर चोट लागेको अवस्थामा जिवितै फेला परेकी थिइन् । धनगढीमा उपचारपछि उनलाई मामाघरमा राखिएको थियो । त्यसपछि उनका दाइले बहिनीको पालनपोषण गर्ने भन्दै आफैसंग ल्याएका थिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/21, 11:22
2022/06/29, 3:27
2023/10/11, 12:46