सुदूरपश्चिममा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि
2020/12/21, 6:39
 
corona

सुदूरपश्चिममा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा गरीएको परीक्षणमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला डाटी, जिल्ला अस्पताल बझाङ र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ८९ जनाको कोरोना परीक्षण गर्दा थप ४४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए । 

सेती प्रादेशिक अस्पतालमा कैलालीका ७ सहित ९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । उनले धनगढी उप–महानगरपालिकाका थप ६ जनामा संक्रमण देखिएको जानकारी दिए । यस्तै कैलालीकै ठेगाना नखुलेका १ जना, कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाका १ जना र डडेल्धुराका १ जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए ।  

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ९१ जनाको नमूना परीक्षण गर्दा ९ जना, डडेल्धुरा अस्पतालमा २३ नमूना परीक्षण गर्दा ५ जना, जिल्ला अस्पताल डोटीमा ९ नमूना परीक्षण गर्दा १ जना, जिल्ला अस्पताल बझाङमा ३४ नमूना परीक्षण गर्दा ४ जना र कमलबजार नगरपालिकाको प्रयोगशालामा १३२ जनाको नमूना गर्दा २५ जनामा संक्रमण पुष्टि भएको छ । 

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ७१ पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका १० हजार ३ सय ९८ जनाले कोरोना जितेका छन् भने ६९ जनाको मृत्यु भएको छ ।