
धनगढीका–१ शान्तीनगरका एक युवक मृत भेटीएका छन् । श्रीातीलाई घर ल्याउन गएका २६ वर्षीय युवक दीपक सार्की ससुरालीमै मृत भेटिएका हुन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–४ कृष्णटोल ससुराली भएका उनी ससुरालीमै झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

करिव तीन महिना अघि माइत गएकी श्रीमतीलाई घर बोलाउन गएका उनी मृत भटीएका हुन् । सार्की सोमबार दिउँसो पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले बताए ।
शव पोष्टमार्टमका लागि धनगढी स्थित सेती प्रादेशिक अस्पताल ल्याइएको उनले बताए । घट्नाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/11/29, 5:04
2021/10/15, 9:19
2020/08/30, 2:12