प्रतिनिधि सभा विघटन भएपनि स्थानीय सरकारलाई असर नपर्ने स्थानीय तहका प्रमुखले बताएका छन् । स्थानीय तह आफै स्वायत्त सरकार रहेकाले केन्द्रमा प्रतिनिधि सभा विघटन हुँदा स्थानीय सरकार प्रमुखका अवधिमा असर नपर्ने बताएका हुन । कञ्चनपुरको लालझाडी गाउँपालिकाका अध्यक्ष मदन सेन वडायकल संसद विघटनले पाँच वर्ष नपुग्दै संसद विघटन भए पनि त्यसले स्थानीय सरकारलाई असर नपु¥याउने बताए ।
वडायकले स्थानीय स्तरको सरकार भनेको स्थानीय तह भएको र स्थानीय तहलाई संविधानले नै सबै अधिकार प्रत्याभूत गरेका कारण प्रतिनिधि सभा भङ्ग हुँदैमा स्थानीय सरकारलाई असर नहुने बताएका हुन । ‘स्थानीय तह भनेको आफैमा एक सरकार हो, अधिकार सम्पन्न तह हो । जुन संंविधानमा व्यवस्था गरे बमोजिम गठन भएको छ ।’ उनले भने । स्थानीय तह आफ्नै किसिमले अगाडि बढ्दै जाने गाउँपालिका अध्यक्ष बडायकले बताए । सदन विघटनले केन्द्रबाट संचालन हुने योजना तथा कार्यक्रम, बजेट लगायतका कार्यमा असर पर्ने भएपनि स्थानीय तहको पाँच वर्षे आयुमा भने कमी आउने सम्भावना नभएको अध्यक्ष वडायकले बताए ।
यस्तै अधिवक्ता रामदत्त पन्तले पनि स्थानीय तह जस्ताको त्यतस्तै रहने बताए । ‘संसद घिटन भएको अवस्थामा स्थानीय तह जस्ताको त्यस्तै रहन्छ । पाँच वर्षको म्यान्डेट भएको हुनाले पाँचसम्म परिवर्तन हुँदैन ।’ उनले अगाडि थपे–‘चुनाव नहुँदासम्म त्यस्तै लम्बिदै जान्छ, चुनाव पश्चात भने स्थानीय तहमा नयाँ नेतृत्व आउने हुन्छ ।’