दीर्घ सोडारीले भने, ‘जिम्मेवारीसहित कारवाही फुकुवा गरिएको हो, फेरी मन्त्री बन्छु’
2020/12/23, 4:14
 
d

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री दीर्घ सोडारीले जिम्मेवारीसहित आफुमाथि गरिएको कारवाही फुकुवा भएको बताएका छन् । नेकपाले पूर्ववत जिम्मेवारीसहित कारवाही फुकुवा गरेको पूर्वमन्त्री सोडारीले बताएका हुन् । ‘पार्टीले कारवाही गर्दा म सामाजिक विकास मन्त्री र नेकपाको कैलाली जिल्ला अध्यक्ष थिए,’ पूर्वमन्त्री सोडारीले भने, ‘कारवाही फुकुवा भएसंगै पहिलेको जिम्मेवारी पनि फेरी दिने भनिएको छ । त्यसैले जिल्ला अध्यक्षसंगै फेरी मन्त्री पनि बन्छु होला ।’ उनले एक पटक स्पष्टिकरणको मौका समेत नदिएर पार्टीले कारवाही गरेर आफूमाथि अन्याय गरेको बताउँदै ढिलै भएपनि न्याय पाएको बताए । 

२०७५ को कात्तिकमा सोडारीलाई पदीय आचरण विपरीत काम गरेको भन्दै मन्त्री पदबाट बर्खास्त गरिएको थियो । सोडारीलाई मन्त्री पदबाट हटाउने नेकपा प्रदेश कमिटिको निर्णयपछि मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई बर्खास्त गरेका थिए । सोडारी बर्खास्त भएपछि सामाजिक विकास मन्त्रालयको जिम्मेवारी नेकपाबाटै विजयी प्रदेशसभा सदस्य कृष्णराज सुवेदीलाई दिइएको थियो । मन्त्रीबाट बर्खास्त गरिएका सोडारीलाई पार्टीले साधारण सदस्यबाट समेत निलम्बन गरेको जनाएको थियो ।