अछाममा वडाध्यक्षको हत्या गर्ने ४ जना आफन्तलाई जन्मकैद !
2020/12/23, 6:22
 
death

अछाम जिल्ला अदालतले वडाध्यक्षको हत्यामा संलग्न चार जनालाई जन्मकैदनको फैसला सुनाएको छ । गत वर्ष माघ २० गते राति भैंसी गोठमा मृत फेला परेका पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संग्लग्न उनीहरुलाई अदालतले जन्मकैदको फैसला सुनाएको हो ।

बुधबार जिल्ला न्यायधीश नविनकुमार जोशीको एकल इजालशले हत्यामा संलग्न भएको भन्दै प्रेमबहादुर धामी, जीवन धामी, रमेशबहादुर धामी र धर्मबहादुर धामीलाई जन्मकैदको फैसला गरेको अदालतका तहशिलदार नारायण पौडेलले जानकारी दिए । अन्य ५ जनाले सफाई पाएको उनले बताए । मृतकका भाई सुरतबहादुर धामीले ९ जनाको नाममा किटानी जोहेरी दिएका थिए ।

मृतक धामीको घरदेखि २ सय मिटर परको गैरीगाउँमा भैंसी गोठमा शव फेला परेको थियो । शिक्षक पेशाबाट राजीनामा गरी नेपाली कांग्रेसबाट वडाध्यक्षमा धामी निर्वाचित भएका थिए । घटनामा आफ्नै आफन्त संग्लग्न भएकाले हत्यारा पत्ता लगाउन झण्डै एक वर्षको समय लागेको मृतक धामीका भाइ सुरतबहादुर धामीले बताए ।