सुदूरपश्चिम प्रदेशका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहीबार ९२ नमूना परीक्षण गर्दा कैलालीका १२ सहित सुदूरपश्चिमका थप १५ जनामा संक्रमण पुष्टि भएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका थप ११ जनामा संक्रमण देखिएको जानकारी दिए । यस्तै कैलालीकै गोदावरी नगरपालिकाका १ जना, कञ्चनपुर, बझाङ र बाजुराका १÷१ जनामा समेत संक्रमण पुष्टि भएको उहाले बताए । यस्तै उता डडेल्धुरा अस्पतालको प्रयोशालामा पछिल्लो २४ घन्टामा ३८ नमूना परीक्षण गर्दा १३ जनामा संक्रमण पुस्टि भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।
जिल्लाको अमरगढी नगरपालिकाका ४ जना, गन्यापधुरा गाउँपालिकाका २ जना, भागेश्वर गाउँपालिकाका २ जना, दार्चुलाका ४ जना र बैतडीका १ जनामा संक्रमण पुस्टि भएको कोभिड–१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले बताए । यस्तै उता अछामको कमलबजार प्रयोगशालामा प्रयोशालामा ५९ नमूना परीक्षण गर्दा बान्नीगढी जयगढ गाउँपालिकाका २ जना र मंगलसेन नगरपालिकाका १ जनामा संक्रमण देखिएको सूचना अधिकारी टेकबहादुर बिष्टले बताए ।
यस्तै उता जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा १५ जनाको नमुना गरीक्षण गर्दा ४ मा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिनु भयो । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १३ हजार १ सय ५० पुगेको छ । संक्रमण पुष्टि भएका १० हजार ३ सय बढी डिस्चार्ज भएका छन ।