धनगढीमा अब प्रख्यात सानदार मः मः को स्वाद लिन पाईने भएको छ । काठमाण्डौंका ९ वटा स्थानहरुमा सञ्चालित सानदार मःमः को फ्रेन्चाईजको रुपमा धनगढीमा सुरु हुने तयारीमा रहेको छ । धनगढी चौराहमा रहेको ग्लोबल आईएमई बैंक छेउमा सानदार मःमःको शाखा खुल्ने तयारी भईरहेको छ । धनगढीमा पिस ग्रुपले सानदार मःमः लाई भित्र्याएको हो ।
काठमाण्डौं उपत्यका बाहिरकै मात्रै नभएर सुदूरपश्चिमको एउटा मात्रै शाखाको रुपमा रहेको सानदार मःमः को सेवा माघ महिनाको पहिलो सातादेखि सञ्चालनमा ल्याउनका लागि तयारी गरिरहेको सञ्चालक राजन भट्टले जानकारी दिए । झण्डै ६० लाखको लगानीमा सानदार मः मः को फ्रेन्चाईज ल्याईएको हो । सानदार मः मः को बफ मः मः सबैभन्दा बढी मन पराईएको र लोकप्रिय रहेको छ । धनगढीमा त्यसका साथै सवै वर्ग र समुदायलाई मः मः को नयाँ स्वाद दिनका लागि चिकन, पनिर र भेज मः मः को सुविधालाई थप गरिएको छ ।
धनगढीका राजन भट्ट सहितका युवाहरुको लगानीमा सानदार मः मः सञ्चालनमा ल्याउन लागिएको हो । मः मः बनाउने कुक तथा आवश्यक सबै सामाग्रीहरु सानदार मः मः रहेको काठमाण्डौंबाट नै ल्याईने छ । धनगढी र आसपासका मः मः पारखीहरुलाई नयाँ र स्वादिष्ट मः मः को स्वाद लिन पाउने सञ्चालकहरुले आशा गरेका छन् ।