सरकारले काठ दाउरा विक्री वितरण खोल्नुपर्ने माग गर्दै वैज्ञानिक वन व्यवस्थापन सरोकारवाला सञ्जालले आईतबार डिभिजन वन कार्यालय धनगढीमा धर्ना दिएका छ । पुर्वघोषित कार्यक्रम अनुसार आईतबार डिभिजन वन कार्यालय धनगढीमा धर्ना दिईएको हो ।
सामुदायिक वनमा घाटगद्यीमा रहेका काठको हैसियत बिग्रीदा पनि सरकारले कुनै ठोस योजना ल्याउन नसकेको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन् । सरकारले २०७७ जेठ १५ गते देशभर काठदाउरा बिक्री बितरणमा रोक लगाएको थियो । हचुवाको भरमा काठ बिक्रीमा बितरण रोक लगाउदा अर्थतन्त्र धरासायी अबस्थामा पुगेको अन्दोलनमा सहभागि भारताल साझेदारी वनका संयोजक यावद भण्डारीले जानकारी दिए ।
सरकारले बिदेशबाट काठ भित्राउने चलखेल गर्दै नेपालमा बिक्री बितरण रोक लगाएको वैज्ञानिक वन व्यवस्थापन सरोकारवाला सञ्जाल धनगढीका अध्यक्ष गणेश रावलले बताए । उनीहरुको आन्दोलन कार्यक्रम अन्र्तगत पुस ७ गते मुख्यमन्त्री कार्यालयमार्फत प्रधानमन्त्रीसहित विभिन्न निकायमा ध्यानाकर्षण पत्र बुझाईएको थियो । १३ गते जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरमा धर्ना, १४ गते सुदूरपश्चिम उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र १५ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको छ ।