नवजीवन अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा  
2020/12/27, 6:18
 
navjeen

धनगढीको नवजीवन अस्पतालमा कार्डियोलोजी सेवा सुरु हुदैछ । मुटुका विरामीहरुलाई लक्षित गर्दै पुसको तेस्रो सातादेखि मुटुरोग विशेषज्ञ सेवा सुरु हुन लागेको हो । मुटु रोग केन्द्रसँगको सहकार्यमा अस्पतालले सुदूरपश्चिममै पहिलो पटक कार्डियोलोजी सेवा सुरु गर्न लागेको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विदुरमणी ढकालले जानकारी दिए । 

1

मुटुका विभिन्न समस्याहरुको उपचार चैबिसै घण्टा हुने गरी मुटु रोग केन्द्रको शाखाका रुपमा अस्पतालमा सेवाको थालनी हुन लागेको हो । महिना एक पटक हरेक महिनाको तेस्रो शनिवार काठमाण्डौंबाट नै मुटुरोग विशेषज्ञ आएर सेवा दिनेछन् भने २४ घण्टा नै मुटु सम्बन्धी सेवाहरु अस्पतालका चिकित्सकहरुद्धारा दिईने छ । 

2

मुटुरोग विशेषज्ञ सेवा दिनका लागि अस्पतालमा मेसिनहरु पनि जडान भइसकेको छ । अहिले सुरु गरिएको सेवा मेसिनमा दौडेर मुटुको धड्कन, तनाव र रोगको अवस्थाबारे जानकारी लिने, २४ घण्टा नै मुटुको ईसिजी सेवा र रक्तसञ्चारको सुपरिवेक्षण गर्दै मुटुको चालको अवस्था के छ भनेर जाँच हुने मेडिकल डाईरेक्टर डाक्टर ढकालले बताए । 

2

नवजीवनमा सेवा दिनका लागि मुटु रोग केन्द्रले मुटुरोग विशेषज्ञ डाक्टर विनयकुमार अधिकारीलाई तोकेको छ । उनी महिनाको तेस्रो शनिवार आएर यसक्षेत्रका मुटुरोगीलाई स्वास्थ्य सेवा दिनेछन् ।