
सशस्त्र प्रहरीले कैलालीको विभिन्न स्थानबाट दुई लाख ८० हजार रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपमा ल्याइएका सामानहरु सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ हेडक्वार्टर कैलाली र सो मातहतका बीओपीले बरामद गरेको हो ।

हार्डवेयर, किराना पसल लगायतका सामान बरामद भएको जनाइएको छ । भन्सार छलेर अवैध रुपमा भित्र्याइदै गरेको अवस्थामा सशस्त्र प्रहरीले सामान बरामद गरिएको थियो । बरामद सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय र सत्ती भन्सार कार्यालयमा बुझाएको ३४ नम्बर गण हेडक्वार्टरले जानकारी दिएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 8:42
2020/10/24, 12:28
2021/12/25, 4:28
2023/01/07, 1:46