काग्रेंस संसदीय दलका नेता डाक्टर रावल बन्छन त सुदूरपश्चिमका मुख्यमन्त्री ?
2020/12/28, 8:33
 
rajniti

केन्द्रमा नेकपा बिवाद भएसंगै दुई खेमा भएको छ । केन्द्रमा प्रचण्ड निकटका मन्त्रीहरुले राजिनामा दिएसंगै विभिन्न प्रदेशहरुमा ओली समुहका मुख्यमन्त्रीहरु विरुद्ध अविश्वासको प्रस्ताव पेस भईरहेको छ ।  सबैभन्दा बढी सुरक्षित रहेका सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टमाथि पनि अहिले अविश्वासको प्रस्तावको तयारी भईरहेको छ ।

सुदूरपश्चिममा नेकपाका ३९ जना सांसदहरुमध्ये ३४ आफ्नो पक्षमा रहेको प्रचण्ड समुहले दावी गरेपनि पछिल्लो समय ओली समुहले आफ्नो पक्षमा सांसद धेरै बनाईसकेको श्रोतले बताएको छ । ओली समुहले आफ्नो पक्षमा १३ जना सांसद बनाईसकेको र कागं्रेससँग मिलेर सरकार चलाउने छलफल चलिरहेको जनाएको छ । केही दिनमै आफ्नो पक्षमा १५ जना सांसद पुग्ने र कागं्रेससँगको सहकार्यमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने एक प्रदेश सभा सदस्यले बताए ।  

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सुदूरपश्चिमका संसदीय दलका नेता डाक्टर रणवहादुर रावलले पनि नयाँ सरकार गठनका लागि कांग्रेस तयार रहेको संकेत देखाएका छन् ।  ‘अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध आन्दोलनमा छौ ।’ रावलले भने, ‘अहिले नै नयाँ समिकरणमा सहभागी हुने वा नहुने भन्ने विषयमा टुङगो लागेको छैन् । तर नयाँ सरकार बनाउँनै परे काग्रेंस सत्ता साझेदार बन्न सक्छ ।’ उनले केन्द्रमा पनि सो विषयमा छलफल भईरहेको बताउँदै पार्टीको निर्देशन अनुसार सुदूरपश्चिममा पनि नेपाली काँग्रेसले भूमिका खेल्ने बताए ।

उनका अनुसार नेकपाका दुवै समूह ओली र प्रचण्ड–माधव समूहसँग नयाँ समिकरणबारे छलफल भईरहेको स्वीकार गरे । ५३ सदस्यीय प्रदेशसभामा ३९ नेकपा, १२ नेपाली काँग्रेस र २ जना प्रदेश सभा सदस्य जनता समाजवादी पार्टीका छन् । नेकपाका ३९ सदस्यमध्ये ३४ जना प्रचण्ड–नेपाल समूहले आफ्नो पक्षमा रहेको दावी गरेको छ भने ओली पक्षले १३ जना आफ्नो पक्षमा रहेको दावी गरेको छ ।

यसैबीच  आफ्नै समुहबाट हटाउने तयारी भएपछि  मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिपक्ष दल नेपाली कांग्रेसलाई सत्ता साझेदारको अफर भएका छन् । उनले काग्रेंस संसदीय दलका नेता डाक्टर रणवहादुर रावलसँग छलफल समेत गरेका छन् । नेता रावलसँगको भेटर्वार्तामा भट्टले आफ्नै समुहबाट असहयोग भएको गुनासो गरेका थिए । उनले पछिल्ला अवस्थामा आफुलाई असहज अवस्था सिर्जना भएको भन्दै आईपरेको खण्डमा सहकार्य गरेर अगाडी बढ्ने प्रस्ताव गरेका छन् ।

आइतबार साँझ मुख्यमन्त्रीसँग भेटवार्ता गरेका नेपाली काँग्रेस संसदीय दलका नेता डाक्टर रावलले मुख्यमन्त्री भट्टले सरकारमा सहभागी हुन अफर गरेको बताए । ‘उहाँले आफूलाई पार्टीभित्रैबाट असहयोग भएकोले सरकारमा आउन आग्रह गर्नुभएको छ । सरकारमा के भूमिका रोज्नु हुन्छ भन्ने आशयको कुरा भयो । तर  हामीलाई अहिले पद चाहिएको छैन् भनेको छु । तपाईहरु मिलेर जानुस भन्ने सुझाव दिएको छु ।’ प्रतिपक्षी दलका नेता डाक्टर रावलले भने । 

नेकपाका नेता लेखराज भट्टको सिफारिसमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका भट्ट नेकपा विभाजन भएपछि प्रचण्ड–नेपाल समूहमा लागेका छन् । लेखराज भट्टसँग सम्बन्ध बिग्रिएपछि नेकपाका प्रदेश इन्चार्ज भीम रावलसँग नजिकिएका भट्ट आफ्नो सरकार सुरक्षित रहेको दाबी गर्दै आएका थिए । तर प्रचण्ड–नेपाल समूहकै प्रदेश सभा सदस्यले भट्ट विरुद्ध हस्ताक्षर संकलन गर्न थालेपछि उनको मनमा चिसो पसेको छ ।

पूर्व सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीको अगुवाईमा भईरहेको हस्ताक्षर अभियानपछि झस्किएका मुख्यमन्त्री भट्टले सोडारीलाई बोलाएर छलफल गरेका थिए । सोडारीले जवाफमा मुख्यमन्त्री नभएर आफूले मन्त्रीहरु हेरफेर हुनुपर्ने बताउँदै आएको प्रतिक्रिया दिएका थिए । यसबै विषयमा छलफल गर्न र समुहको आन्तरिक किचलो हटाउन नेकपाका नेता तथा सुदुरपश्चिम ईन्चार्ज डाक्टर भीम रावल धनगढी आएका छन् ।