पर्यटकीय सम्भावनामा टुर प्याकेज बनाउने ‘दिपक’
2020/12/28, 8:59
 
depak bom

सुदूरपश्चिम प्रदेश पर्यटकीय सम्भावनाको हिसाबले भर्जिनल्याण्ड मानिन्छ । पछिल्लो समय सम्भावनाको सुदुरपश्चिम भन्ने नाराले पनि निकै व्यापकता पाएको छ । तर यथार्थमा अझै धेरै काम गर्न बाँकी छ । यदपि सुदूरपश्चिमका सम्भावनालाई टुर प्याकेज बनाएर देश विदेशमा फैलाउने काम पनि भएका छन् व्यक्तीगत र संस्थागत रुपमा । 

1

1

एक्लो प्रयासमा सुदूरपश्चिमका सम्भावनाहरुमा टुर प्याकेज बनाउन लागिरहेकाहरुमध्येका युवा हुन दिपक बम । हुन त उनलाई धेरैले योगेन्द्र नामले पनि चिन्छन् । विदेशका विभिन्न स्थानहरु घुम्नका लागि तोकिएको रकम तिरेर घुमेर आउन सकिन्छ । आफैं गाउँ ठाउँ र प्रदेशमा पनि घुम्नका लागि निकै कम रकममा रमाउन सकिन्छ भन्ने सोचले पर्यटन क्षेत्रमा विगत १० बर्षदेखि निरन्तर लागिरहेका छन् धनगढीका दिपक । अर्थात सम्भावनामा दिपक बालेर समृद्धि खोजिरहेका छन् । 

1

1

डोटी घर भएर धनगढीमा वस्दै आएका दिपक पनि उच्च शिक्षापछि विदेश जाने योजनामै थिए । विदेश जाने सपनाले उनलाई युरोपको कुनै नै कुनै देश डोर्याउने नै थियो । काठमाण्डौंमा बीबीएस सिद्धिएपछि उनले वेलायत वा डेनमार्क जानका लागि सबै प्रक्रिया सकिसकेको थियो । उड्न मात्रै बाँकी थियो । त्यही वेला घरमा आमा एक्लै हुने भनेर खबर आएपछि उनले विदेश जाने सपनालाई चकनाचुर पारिदिए आमाका लागि । 

1

1

आमाको मायाले धनगढी फर्किएका उनले रेष्टुरेन्ट खोले । रेष्टुरेन्टलाई गति लिन समस्या भयो त्यही वेला अखण्ड थारुहटको आन्दोलनलृ उनलाई रेष्टुरेन्ट धान्न धौ धौ भयो । तर हार खाएनन् वरु त्यही असफलताबाट सफलताका सुत्रहरुको खोजी गरिरहे । उनले पर्यटन क्षेत्रमा केही गर्ने सोच बनाए । त्यही सोचले उनी पर्यटन व्यवसायी बनेका छन् आजको दिनमा त्यो पनि अरु भन्दा फरक गर्ने ।

2

1

उनलाई पर्यटन क्षेत्रमा लाग्नका लागि उनले यसअघि गर्दै आएको कामले पनि सहयोग गर्यो । अर्थात उनी फेशवुकको पेज मार्फत यसक्षेत्रका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गर्दै आएका थिए । उनलाई साथीभाईहरुको सल्लाह र साथले कलिलो उमेरमा पर्यटन क्षेत्रमा दबदबा राख्न सक्ने अवस्थामा ल्याएको हो । 

1

2

पछिल्लो समय पनि उनलाई भ्याई नभ्याई छ । विभिन्न टुर प्याकेजसँगै अन्य व्यवस्थापन गर्नका लागि उनी जहिले पनि तयार हुन्छन् । एक दशक वितिसकेको छ उनले सम्भावनालाई प्राडक्टकको रुपमा विक्री वितरण थालेको । अब उनी खप्तडमा हेलिकप्टर भ्रमणको तयारीमा लागिरहेका छन् । उनले समिट एयरसँग सहकार्य गरेर धनगढी रारा टुर प्याकेज पनि ल्याईसकेका छन् । खप्तड टे«किङ, रामारोशन टे«किङ, शुक्लाफाँटा टे«किङ लगायतका धेरै भ्रमणका प्याकेजहरुको आफैं डिजाईन बनाएर प्रमेजक्टको रुपमा सञ्चालन गरिसकेका छन् र गर्ने तयारीमा पनि छन् । 

3

2

उनले धनगढीमा रहेका प्राकृतिक र मानव निर्मित क्षेत्रलाई जोडेर पहिलो पटक टुर प्याकेज ल्याएका थिए । धनगढी फन सिटी, एयर क्राफ्ट, घोडाघोडी ताल, भादा होमस्टे, जाखोर ताल, मोहना चरा अवलोकन, शिवपुरी धाम बेहडा बाबा लगायतका क्षेत्रहरुलाई जोडेर उनले यसक्षेत्रको सम्भावनालाई पर्यटनको हिसाबले बलियो बनाउन कदा चालेका छन् । 

2

2


उमेरले २९ बर्ष पुगेका दिपक पर्यटन क्षेत्रमा अझै धेरै गर्न बाँकी रहेको तर्क गर्छन् । उनी त्यसलाई कसरी अगाडी बढाउन सकिन्छ भनेर पनि लागिरहेका छन् । उनले धनगढी उपमहानगरपालिका क्षेत्रका पर्यटकीय क्षेत्रहरुका बारेमा जानकारी दिने ब्रोसर भरखरै प्रकाशन गरेका छन् । नेपाल भ्रमण बर्षको सुदूरपश्चिममा गरिने कार्यक्रमका लागि सदस्य, कैलाली भ्रमण बर्षको सदस्यको रुपमा पनि उनले काम गरिसकेका छन् । रहरै रहरमा थालेको काम अहिले उनलाई चिनाउने पेशाका रुपमा विकास भएको छ । 

3

2

पर्यटन व्यवसायीसँगै उनी ड्रोन पाईलट पनि हुन् । सुदूरपश्चिमका कुनै पनि ठाउँ जोस जहाँ सम्भावान देख्छन् त्यसको भिडियो खिचिहाल्छन् र ड्रोन पनि उडाई हाल्छन् । आफु स्वयम घुम्न र रमाउन गएका दृश्यहरुलाई मात्रै पनि कैद गरेर उनी त्यसलाई ब्लग बनाएर पर्यटन प्रबद्र्धनको काममा लागिरहेका हुन्छन् । एभडेन्चर वेष्ट होलिडेसका सञ्चालक रहेका उनले त्यही मार्फत पर्यटन प्रवद्र्धनका कामहरु गर्दै आएका छन् । 

2

2

उनले पर्यटन प्रवद्र्धन समिति लगायत धेरै संस्था र कार्यालयहरुको पर्यटन सम्बन्धी बृत्तचित्र पनि बनाईसकेका छन् । पर्यटन क्षेत्रको प्रचार प्रसार गर्नका लागि भारतका विभिन्न शहरहरुमा आफुले बनाएका प्रोडक्टहरु बेच्न गएका छन् भने मो महोत्सवमा पनि सुदुरपशिमलाई चिनाउन लागेका छन् । 

2

2

कम उमेरमै पर्यटन क्षेत्रमा योगदान पुराएको भन्दै उनी सम्मानित पनि भईसकेका छन् । युवा परिषद्ले् उनलाई उत्कृष्ट युवाको रुपमा सम्मान गरिसकेको छ भने विभिन्न संघ संस्थाहरुले पनि सम्मान गर्दै उनको कामलाई कदर गरेका छन् । बाल्यकालदेखि सामाजिक काममा संग्लन रहदैं आएका दिपक अहिले पनि यसलाई निरन्तर रुपमा अगाडी बढाईरहेका छन् । कसैले केही गाहे अप्ठेरो पर्दा सहयोग गर्न कहिल्यै पछाडी हट्दैनन् । जहिले पनि अग्रपक्तीमा नै हुन्छ ।

2

1

सामाजिक काममा लाग्ने वानीकै कारण उनी पछिल्लो ६ बर्षदेखि धनगढी जेसिजमा आबद्ध छन् । सन् २०२१ को कार्य समितीमा उनी कार्यकारी उपाध्यक्षको रुपमा काम गरिरहेका छन् । जेसिजसँगै नाटा सुदूरपश्चिमको सदस्य, साईक्लिङ संघको उपाध्यक्ष, माउण्टेन स्पोर्टस फेडरेसनको सदस्य पनि रहेका छन । 

2

2