डडेल्धुरा पुगेर नेता महरले भने, ‘कम्युनिष्टहरु प्रजातन्त्र र जनताका दुस्मन हुन’
2020/12/28, 5:29
 
1

नेपाल बिद्यार्थी संघका पूर्व अध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले कम्युनिष्टहरु प्रजातन्त्र र जनताको दुस्मन भएको बताएका छन् । संसद विघटनविरुद्ध नेपाली कांग्रेसले सोमबार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा गरेको विरोधसभाको कार्यक्रम अन्तरर्गत डडेल्धुरामा गरिएको विरोधसभा लाई सम्बोधन गर्दै कांग्रेस युवा नेता महरले यस्तो बताएका हुन् । ‘सबै कम्युनिष्टहरु एकै भएकाले हाम्रो नजरमा हरेक कम्युनिष्ट प्रजातन्त्र र जनताका दुस्मन हुन,’ उनले भने, ‘कम्युनिष्टहरु जनताको आँखामा छारो हालेर सत्तामा पुग्छन् । अनि जनतामाथि बुट बजार्ने काम गर्दैछन् ।’ 

नेपाली कांग्रेसको मात्रै विरोधसभा नभएको बताउँदै उनले अगाडि थपे, ‘जनताको विरोधसभा हो । हिजो प्रचण्डको कदमका विरुद्धमा हामी थियौ । माधव नेपालको निरंकुताका विरुद्धमा हामी थियौ । अहिले आएर केपी शर्मा ओलीको निरंकुताका विरुद्धमा हामी छौ ।’

कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्नु पुर्व ७७ वटै जिल्ला सदरमुकाममा गत मंसिर २९ गते विरोधसभा गरेको बताउदै उनले भने, ‘आज भन्दा करिब तिन वर्ष अगाडी हामीले एमाले र माओवादीको गठबन्धनलाई अप्राकृतिक भनेका थियौ । त्यति बेला जनता समक्ष सामान्य कुरा पु¥याउन सकेनौ । त्यो गठबन्धनले हिजो जनताका आँखामा छारो हालेर करिब दुई तिहाई मत प्राप्त गरि सत्तासिन हुन पुग्यो । त्यसपछाडी कम्युनिष्टले भनेका एक कुरा पनि पुरा भएनन् ।’

आफ्नो घोषणा पत्रमा लेखिएको एक प्रतिशत पनि काम नेकपाले गर्न नसकेको उनले आरोप लगाए । कम्युनिष्टको सरकारको अवधिमा भ्रष्टाचार, हत्याहिंसा, बलत्कारका घटना मात्रै भएको उनले बताए । पछिल्ला तिन वर्षमा १४ हजार बढी महिला ंहिंसाका शिकार भएको बताउँदै उनले खर्बाैको भष्टाचार भएको बताए । ओलीको सरकारले निर्वाचन सम्पन्न गर्छ भन्नेमा पनि उनले आशंका व्यक्त गरे । अब कांगेस ७५३ वटै पालिकामा जाँने उनले बताए । ६ हजार सात सय ४३ वटा देशभरका वडामा नेपाली कांग्रेसको झण्डा फहराएर जनताका पक्षमा आवाज उठाउने उनले बताए ।