सुदूरपश्चिम प्रदेशका थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ५ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो । कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २१० नमूना परीक्षण गर्दा १४ महिला र २५ पुरुष गरी ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार धनगढी उपमहानगरपालिकाका १७, भीमदत्त नगरपालिकाका १२, कैलारी, गोदावरी, कृष्णपुरका दुई/दुई, पालिका नखुलाइएको कञ्चनपुरका दुई, पालिका नखुलाइएको कैलालीका एक र बर्दियाको गुलरियाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै उता बैतडी जिल्ला अस्पतालमा र बझाङ जिल्ला अस्पतालमा ४÷४ जना, डडेल्धुरा अस्पतालमा ३ जना र अछामको कमल बजार प्रयोगशालमा २ जनामा कोरोना पुष्टि भएको छ । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १३ हजार ४ सय ५२ पुगेको छ । संक्रमण पुष्टि भएका १० हजार ९ सय ७ जना डिस्चार्ज भएका छन ।