धनगढीका कोरोना संक्रमितको मृत्यु
2020/12/30, 9:14
 
a

धनगढीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका–३ का ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार कोरोना पुष्टि भएपछि भेन्टीलेटरमा  राखेर उपचार गराइरहेका पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।