दार्चुलाको छाङरुमा स्वास्थ्य जाँचका लागि हिउँ छिचोल्दै ७ दिन लगाएर पुग्यो सशस्त्रको डाक्टर टोली
2020/12/30, 9:46
 
apf

सशस्त्र प्रहरी बलको चिकित्सक टोलीले दार्चुलाको व्यास गाउँपालिका १ स्थित छाङरुमा स्वास्थ्य जाँच गरेको छ । एपीएफ अस्पतालका डाक्टर रेनिश भट्टराईको संयोजकत्वमा ६ सदस्यीय टोली ७ दिन लगाएर छाङरु पुगेको थियो ।

1

हिउँद याममा नेपालतिरको जोखिमपूर्ण घोडेटो बाटोमा हिउँ छिचोल्दै गएको सशस्त्रको डाक्टर टोलीले छाङरुमा ५५ जनाको र दुम्लिङमा ३५ जनाको स्वास्थ्य परीक्षण गरेको सशस्त्र प्रहरी नेपाल ४४ नम्बर गणका गणपती एसपी नरेन्द्र बमले जानकारी दिए ।

2

उनका अनुसार छाङरुमा सशस्त्रका ४० जना, नेपाल प्रहरीका ८ जना र गाउँ कुर्न बसेका ७ जना स्थानीयको स्वास्थ्य परीक्षण गरिएको छ। त्यसैगरी दुम्लिङमा सशस्त्रका १५ जना र स्थानीय २० जनाको परीक्षण गरिएको छ । सशस्त्रको टोली जाँदा घरमै अस्पताल र डाक्टर पाएपछि स्थानीय खुसी छन् । डाक्टरको टोलीले जाँच गरेर औषधि पनि दिएको थियो ।

3

एसपी बमले सबै सशस्त्र प्रहरीको अवस्था नर्मल रहेको बताए । ‘स्वास्थ्य परीक्षणमात्रै होइन मेडिकल काउन्सिलिङ पनि हो ।’ उनले भने । डाक्टर रेनिश भर्ना छनोटका लागि दार्चुला पुगेका बेला गणबाट जनशक्ति लिएर मेडिकल चेकअपका लागि छाङरु पुगेका हुन् ।

3

छाङरुमा हालै सशस्त्रको गुल्म स्थापना भइसकेको छ। गुल्मका कर्मचारी र स्थानीयको परीक्षणका लागि टोली गएको हो । ७ गते सदरमुकामबाट उक्लिएको सशस्त्रको डाक्टर टोली पुसको चिसोमा हिउँ छिचोल्दै फर्किएको छ ।

5