सुदूरपश्चिम प्रदेशका थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ३ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ५१ जनामा संक्रमण पुष्टि भएको हो । कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज गरिएको परीक्षणमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १८४ नमूना जाँच गर्दा ११ महिला र ३६ पुरुष गरी ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा ३४ जना संक्रमित थपिएका छन् ।
कैलालीको लम्कीचुहाका ४जना, गौरीगंगाका नगरपालीका एक जनामा संक्रमण पुष्टी भएको छ । उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका ४ जना, कृष्णपुर,पर्नवास र शुक्लाफाँटाका एक/एक जना, र डोटीको बडीकेदारका एक जनामा पनि संक्रमण पुष्टी भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा ३ जना र बझाङ अस्पतालको प्रयोगशालामा १ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास कन्त्रालयले जनाएको छ ।
योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ३ पुगेको छ । संक्रमण पुष्टि भएका १० हजार ९ सय ७१ जना डिस्चार्ज भएका छन ।