कैलालीमा शरिरमा ट्याटु खोपिएको बेवारिसे शव फेला
2020/12/31, 6:25
 
death

कैलालीमा बेवारिसे शव फेला परेको छ । गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायिक वन भित्रपर्ने चिसापानी खोलामा शव फेला परेको हो । शव फेला परेको सूचनाका आधारमा प्रहरी टोली पुगेर शवलाई परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा ल्याएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए । 

प्रहरीले शव पहिचानका लागि आग्रह समेत गरेको छ । शवको प्रकृति हेर्दा शरिर तल्लो भागमा निलो रंगको जीन्स पाईन्ट लगाएको, झण्डै ५ फिट ५ ईन्च उचाई  भएको अन्दाजी २५÷३० बर्षको जस्तो देखिने, दाँया हातको पाखुरामा सर्प र शिवलिङको ट्याटु, दाँया हातको बुढी औला मुनी बिच्छीको ट्याटु, बाँया हातको पाखुरामा बिच्छीको ट्याटु रहेको प्रहरीले जानकारी दिएको छ ।

मृतकको शव सडेको अवस्थामा रहेको र शव नजिकै सेतो रंगको गन्जी र हरियो रंगको हाप सट फेला परेको प्रहरीले जनाएको छ ।