कञ्चनपुरमा एक युवक मृत भेटिए
2021/01/02, 10:05
 
a

कञ्चनपुरमा एक युवा मृत भेटिएका छन्। शनिबार कृष्णपुर नगरपालिका–२ वाणीका  २५ वर्षीय रमेश चौधरी घरकैकाे काेठामा मृत भेटिएको कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

चौधरी कोठा भित्र प्लाष्टिकको डोरीले झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्। उनको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।