कञ्चनपुरमा वडा सदस्यमाथि सांघातिक आक्रमण गर्ने ६ जना पक्राउ, २ फरार
2021/01/02, 2:54
 
death

कञ्चनपुरमा वडा सदस्यमाथि सांघातिक आक्रमण गर्ने ६ जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका –३ का वडा सदस्य रमेश चौधरीमाथि सांघातिक आक्रमण गर्ने ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

पक्राउ पर्नेमा सोही वडाकै २१ वर्षीय गौरव चन्द, कृष्णपुर नगरपालिका –१ का २० वर्षीय नरेन्द्र साउद, वेदकोट नगरपालिका –८ का १८ वर्षीय निरज खडायत, भीमदत्त नगरपमलिका –१८ का २२ वर्षीय आभास भनिने दिनेश चन्द, भीमदत्तकै ११ का २० वर्षीय प्रज्वल खड्का, र ३ का २३ वर्षीय निरज बिष्ट रहेको कञ्चनपुर प्रहरीले बताएको छ । 

उनीहरु विरुद्ध ज्यान मार्ने उद्योग कसुर अन्तर्गत म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए । तीमध्ये भीमदत्त –७ का २२ वर्षीय गौतम बिष्ट र भीमदत्त –१८ का बल्छी भनिने मिलन चन्द फरार रहेको उनले बताए । 

उनीहरु सवार सु.प्र.प.०२–००३ प १८६३, सु.प्र.प.–०२ ००३ प १८५२ र सु.प्र.प.–०२००३ प ३८११ नम्बरका तीन थान मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ । चौधरी भीमदत्त –३ भाँसीबाट तिलकपुर आफ्नो घर गइरहेका बेला आदर्श ग्रिन टोल भन्ने ठाउँमा उनीमाथि यही मंसिर १० गते आक्रमण गरिएको थियो  ।