
कैलालीमा पेट्रोल पम्प नजिक ट्रकमा आगो लागेको छ । जिल्लाको लम्की चुहा नगरपालिकाको भल्कामा रहेको पेट्रोल पम्प नजिकै रहेको ट्रकमा अचानक आगो लागेको हो ।

ना ४ ख ४९१२ नम्बरको ट्रकमा आगोल लागेको हो । कैलाली प्रहरीका अनुसार खाली ट्रकको क्याबिनमा खाना पकाउन बालिएको ग्याँसबाट आगो सल्किएको हो। ना ४ ख ४९१३ नम्बरको खाली ट्रकको केहि भाग जलेको छ।

ट्रक सिमेन्ट ढुवानीपछि धनगढी फर्किदै गरेको कैलाली प्रहरीले बताएको छ। दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएका छ्न। ट्रकमा आगो लागेको भएपनि अन्य मानविय तथा भौतिक क्षति भएको छैन्।
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 8:42
2020/10/24, 12:28
2021/12/25, 4:28
2023/01/07, 1:46