
दार्चुलाको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । आइतबार बिहानदेखि भइरहेको वर्षा र हिमपातका कारण सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ । दार्चुलाको व्यास, अपिहिमाल, नौगाड, दुहुँ र मार्मा गाउँपालिकाको उच्च भूभागमा हिमपात भएको हो ।

हिमपातका कारण चिसो बढेपछि स्थानीयले बाहिर निस्कन र दैनिक काम समेत गर्न नसकेको व्यासका स्थानीय योगेश बोहराले बताए । हिमपातपछि चिसो ह्वात्तै बढेकोले हिमाली क्षेत्रका विद्यालयमा पढाइ प्रभावित बनेको छ । यो वर्ष हिमाली क्षेत्रमा दोस्रो पटक हिमपात भएको हो ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 12:42
2020/11/14, 6:40
2021/08/16, 5:37
2022/05/30, 11:43
2023/08/13, 10:59