सुदूरपश्चिम प्रदेशका थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका २ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ३४ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आज ३२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ५८ नमूना परीक्षण गर्दा ९ महिला र २३ पुरुष गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकामा २३ जना, लम्किचुहा नगरपालिकाका ३ जना, गोदावरी नगरपालिकाका २ जना, घोडाघोडी नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै कन्चनपुरको बेदकोट नगरपालिका, डोटीको दीपायल सिलगढी नगरपालिका र दार्चुलाको मालीकार्जुन गाउपालिकाका १/१ जनामा कोरोना पष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
यस्तै उता डडेल्धुरा अस्पतालको प्रयोगशाला २ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १३ हजार ६ सय ८७ पुगेको छ ।
संक्रमण पुष्टि भएका ११ हजार ३२ जना डिस्चार्ज भएका छन ।