
कञ्चनपुरको बेलौरीबाट एक युवक खैरो हिरोईनसहित पक्राउ परेका छन् । सोमबार बेलौरी नगरपालिका- १० बस्ने बल बहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलौरी र लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले चन्दलाई पक्राउ गरि गरि उनको साथबाट ६३ ग्राम खैरो हिरोईन र नगद ७८ हजार ४ सय ८० रुपैयाँ फेला परेको छ ।
इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज कमल कुमार खडकाले उनीमाथि खानतलासी गर्दा साथमा खैरो हिरोईन सहित पक्राउ गरिएको बताए । उनीमाथि लागु औषध ओसापोसार विरुद्धको मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/03, 3:07
2020/10/01, 9:45
2022/08/26, 11:13