कैलालीका थप २० जनामा कोरोना पुष्टि
2021/01/05, 2:24
 
corona

कैलालीका थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  सेती प्रादेशिक अस्पताल प्रयोगशालामा मंगलबार २ सय ८ नमूना परीक्षण गर्दा कैलालीका थप २० जनामा संक्रमण पुष्टि भएको हो।

धनगढी उप–महानगरपालिकाका १८ जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। कैलालीकै टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाका १/१ जनामा समेत संक्रमण पुष्टि भएको छ।