
कैलालीमा १५ लाख बढीको अवैध सामान सहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल ३४ नम्बर गण हेढक्वाटर कैलाली खक्रौलाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले १५ लाख २५ हजार ७० बरावरको लत्ताकपडा, सटिङ्ग सुटिङ्गका सामान, कस्मेटिक सामान सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टिकापुर नगरपालिका वडा नम्बर २ का २३ बर्षीय रन्जु चौधरी र सोही नगरपालिका वडा नम्बर १ का २२ बर्षीय सागर चौधरी रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ । टिकापुर नगरपालिका वडा नम्बर ८ बनगाउँ ईलाकाबाट भन्सार छली सामान ल्याईरहेको अवस्थामा से १ च २१४८ नम्बरको वलेरो पिकअप गाडी समेत प्रहरीले बरामद गरिएको छ ।
सामान र गाडी सहित दुई जनालाई आवश्यक कारवाहीको लागी सत्ती भन्सार कार्यालय खक्रौलामा बुझाईएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/03, 3:07
2020/10/01, 9:45
2022/08/26, 11:13