सुदुरपश्चिमको पहाडमा रोपाईको चटारो, तराईमा सुरु (फोटो फिचर)
2020/05/31, 8:08
 
ropia

सुदुरपश्चिमको पहाडमा रोपाई हुन थालेको छ । सिचाईको अवस्था राम्रो भएका अधिकांश ठाँउहरुमा किसानहरुलाई रोपाईको चटारो लागेको छ । जेठको दोस्रो सातादेखि अहिले किसान धान रोपाईमा व्यस्त भएका छन् ।

किसानहरुको लागि यो समय सबैभन्दा ब्यस्त समय हो । प्रायः असार मसान्त सम्मयहाँ सिंचित जमिनमा रोपाई सकिन्छ । गाउँले भाषा अनुसार मुरी रोपी पाथी फलाउने सिजन भएका कारण अहिले किसानहरु खेतीपातीमा ब्यस्त भएका छन् । 

किसानहरु विहानदेखि साँझसम्म धान रोपाई गर्नमै व्यस्त छन् । समयमै मनसुन सुरु भई पानी पर्न थालेपछि सिंचाई सुविधा नभएका स्थानमा समेत रोपाई भईरहेको छ । कैलाली कञ्चनपुरका तराई जिल्लामा भने रोपाई सुरु भएको छ । तराईका दुवै जिल्लामा रोपाई सुरु भएको हो । 

b

2

b

1

b

2

4

b

2

 

2

फोटो सौजन्यः ई.प्रेम सिंह विष्ट र सुरेश हमाल