डडेल्धुराको क्वारेन्टाईनमा राखिएका एक बालकको मृत्यु
2020/05/31, 8:32
 
korona

डेल्धुरामा क्वारेन्टाईनमा राखिएका एक बालकको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका ३ का साढे छ वर्षीय बालकको मृत्युु भएको हो । गए राति १२ बजेपछि जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालक मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार “आमा बाबुसँगै उनी भारतको मुम्बइबाट डडेल्धुरा पुगेका थिए । “उनीहरु राति आएका हुन् । डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो ।’ डीएसपी न्यौपानेले भने, ’हामी कहाँ फोन आयो । बालक गम्भीर बिरामी छ भनेर । यताबाट गाडी पठाएर अस्पताल र्पुयाएका थियौं ।’

डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगदीश चन्द्र विष्टले बालकको अस्पताल पुर्याउनुभन्दा अघि नै मृत्यु भएको पुष्टि गरे । उनका अनुसार ती बालकलाई बिहान ३ बजे अस्पताल पुर्याइएको थिया । बालक मलेरिया रोगबाट ग्रसित रहेको बुझिएको उनले बताए ।

यसअघि उनी मुम्बई स्थित एक अस्पतालमा उपचाररत थिए । उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ । उनको आज नै कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने निमित्त मेसु विष्ट जानकारी दिए ।