
सेती नदीमा अटो रिक्सा खस्दा १ जनाको मृत्यु भएको छ। ४ जना घाइते भएका छन् । डोटीको केआईसिंह राजमार्गको बान्डुरीसैनबाट दिपायलतर्फ जादै गरेको STSTC 2-02-001SAHA5402 नम्बरको अटो सडकबाट झण्डै ७० फिट तल सेती नदीमा खस्दा शिखर नगरपालिका–२ बस्ने ५५ वर्षीय पदम जोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि चालकसहितका अटोमा सवार ४ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घाइते हुनेमा चालक जीतबहादुर जोरा, दीपक जोरा, नरेश पार्की, र अर्जुन पार्की रहेको ट्राफिक प्रहरीले जनाएको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/03, 3:07
2020/10/01, 9:45
2023/06/19, 11:12