कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पत्ता लगाउन कुनै बेला सुदूरपश्चिममा दिनकै एक हजारको हाराहारीमा स्वाव परीक्षण हुने गथ्र्याे । तर अचेल स्वाव परीक्षण साताभरीमा पनि हजार पुग्दैन ।
स्वास्थ्य निर्देशनालय डोटीले सार्वजनिक गरेको तथ्यांक अनुसार गएको एक सातामा प्रदेशमा सात सय १७ जनाको मात्रै स्वाव परीक्षण भएको छ । जसमा ४२ जना संक्रमित देखिएका छन् । निर्देशनालयका अनुसार सातामा सवैभन्दा बढी गत मंगलबार एक सय ५७ जनाको स्वाव परीक्षण भएकोमा १४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
यस्तै वुधबार एक सय ५३ स्वाव परीक्षण हुँदा १४ जना, विहीबार एक सय ३४ स्वाव परीक्षण गर्दा सात र शुक्रबार १८ स्वाव परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको हो । शनिबार भएको एक सय १५ जनाको परीक्षणमा एक र आइतबार १८ मा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
यस्तै सोमबार भएको एक सय २२ जनाको स्वाब परीक्षणबाट नौ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार बझाङमा पाँच जनामा संक्रमण देखिएको छ । यस्तै बाजुरा, कैलाली, डोटी र कञ्चनपुरमा एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।
एक लाख साढे ३४ हजार परीक्षण
सुदूरपश्चिम प्रदेशमा हालसम्म एक लाख ३४ हजार पाँच सय ३१ जनाको स्वाव परीक्षण भएको छ । प्रदेशका ६ स्थानमा पीसीआर परीक्षण प्रयोगशाला छन् । कैलाली प्रादेशिक प्रयोगशालामा सबैभन्दा बढी ७३ हजार आठ सय ४६ जनाको स्वाब परीक्षण भएको छ । यस प्रयोगशालामा भएका परीक्षणमध्ये सात हजार दुई सय ७६ जनामा कोरोना संक्रमण देखिएको हो । सोमवार यस प्रयोगशालामा ९५ जनाको स्वाब परीक्षण गरिएकोमा तीन जनामा संक्रमण देखिएको छ ।
यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा हालसम्म भएको २२ हजार ६ सय ४३ जनाको स्वाब परीक्षणमा एक हजार ६ सय ३२ जनामा संक्रमण देखिएको छ । सोमबार यस प्रयोगशालामा परीक्षण भएन । डोटी जिल्ला अस्पतालमा रहेको प्रयोगशालामा सात हजार ७१ जनाको स्वाब परीक्षण भएकोमा ६ सय ६५ मा संक्रमण देखिएको छ । सोमबार यस प्रयोगशालामा नौ जनाको स्वाब परीक्षण भएकोमा एक जना संक्रमित देखिए ।
बझाङ जिल्ला अस्पतालको प्रयोगशालामा भएको ६ हजार ९५ स्वाव परीक्षणमा चार सय ७६ मा संक्रमण देखिएको छ । सोमबार यस प्रयोगशालामा भएको १८ नमुना परीक्षण हुँदा पाँच जनालाई संक्रमण देखिएको छ । अछाम, कमलबजार प्रयोगशालामा भएको चार हजार चार सय ४२ नमुना परीक्षणमा ६ सय ३६ जनामा कोरोनाको संक्रमण देखिएको छ । सोमबार यस प्रयोगशालामा कुनै स्वास्व परीक्षण भएन ।
यस्तै बैतडी जिल्ला अस्पतालमा भएको दुई हजार आठ सय ९५ स्वाव परीक्षणमा एक सय ९३ जनामा संक्रमण देखिएको छ । सोमबार यस प्रयोशगालामा पनि कुनै परीक्षण भएन ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ हजार तीन सय १८ जनाको स्वाब परीक्षण भएकोमा दुई हजार नौ सय ८४ जनामा संक्रमण देखिएको थियो । अन्य प्रयोगशालाहरुमा दुई सय २१ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको थियो । प्रदेशमा हालसम्म १३ हजार नौ सय ९६ जनामा संक्रमण देखिएको छ ।
७४ को मृत्यु, ५५ जनाको तथ्यांक
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण ५५ जनाले ज्यान गुमाएको तथ्यांक रहेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म सुदूरपश्चिमका ७४ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयको तथ्यांकमा प्रदेश बाहिर कोरोनका कारण मृत्यु भएकाहरुको तथ्यांक समावेश गरिएको छैन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयको ५५ जनाको मृत्यु भएको भनिएको तथ्यांकलाई हेर्दा कैलालीमा मात्रै २९ जनाले कोरोनाकै कारण ज्यान गुमाउनु परेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कञ्चनपुरका १० जनाले पनि कोरोना विरुद्धको लडाइँमा आफ्नो ज्यान गुमाउनु प¥यो ।
बैतडी, बझाङ र डडेल्धुरामा तीन तीन जनाले ज्यान गुमाएका छन् । यस्तै अछाम, बाजुरा र दार्चुलामा दुई दुई जनाले ज्यान गुमाएका छन् भने डोटीमा एक जनाले कोरोना विरुद्धको लडाइँमा ज्यान गुमाएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा छ ।