बाजुरामा कोरोनाले मृत्यु भएकी बालिकाको शव गाडियो, बालिका बसेको क्वारेन्टाईन सिल
2020/05/31, 8:10
 
korona

बाजुरामा कोरोना संक्रमणवाट मृत्यु भएकी बालिकाको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । समरजित गुम्लका नेपाली सेनाले कोरोना संक्रमितले मृत्यु भएकी बालिको शव गाडेको नेपाली सेनाका मेयर रविन श्रेष्ठले वताए । मृतक वालिकाको शब जिल्ला अस्पताल बाजुराको आइसोलेसन कक्षमा राखिएको थियो । 

शवलाई बडीमालिका नगरपालिकाको राप्कको बुढीगंगा नदीको किनारामा गाडिएको छ । बडीमालिका नगरपालिकाको टिपर मार्फत लगेको हो । डोजर मार्फत खाल्डो खनेर मृतक वालिकालाई गाडिएको बडिमालिका नगरपालिका नगर प्रमुख पदम बडुवालले वताए । बाजुरामा २ बर्षीय वालिकाको कोरोनाका कारण मृत्यु, र आमा पनि कोरोना संक्रमित देखिएसँगै बुढीगंगा नगरपालिका १ को धुरालसैन मावि सिल गर्ने निर्णय भएको छ । बुढीगंगा नगरपालिका १ धुरालसैनमा माविको क्वारेन्टाईनमा स्थिति गाहे भएपछि जिल्ला अस्पताल लगिएको थियो । 

बाजुराको जिल्ला अस्पताल आइसोलेसनमा राखिएकी बालिकाको कोरोनाबाट मृत्यु भएसंगै संक्रमित बसेको क्वारेन्टाईन समेत शिल गर्ने निणर्य गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । बुढीगंगा १ घर भएकी २ बर्षिय बालिकाको आईतवार बिहान मृत्यु भएको थियो । उनको सेती प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरी पठाएकोमा परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।